‘कन्टेन्डर सिरिज–टु: पोखरामा थाई-बक्सिङ हुँदैं

पाेखरा | पुस २, २०८१

‘कन्टेन्डर सिरिज–टु: पोखरामा थाई-बक्सिङ हुँदैं

पोखरा:  व्यवसायीक खेलकुदमा विश्वमानै आकर्षक खेल मध्येको ‘कन्टेन्डर सिरिज–टु’ थाई–बक्सिङ यहि पौष १० गतेदेखि पोखरामा हुने भएको छ । 

 

शक–यान मुवाँथाई क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवद्र्धनमा उक्त प्रतियोगिता यहि पौष १० गतेदेखि १२ गतेसम्म हुने भएको हो ।  

 

खेलकुदमार्फत व्यवसायीक खेलकुदको विकाससंगै खेल पर्यटन प्रवद्र्धनगर्ने लक्ष्यसहित लागि पोखराको लेकसाइडस्थित बाराहीघाट उक्त प्रतियोगिता हुने आयोजक तयारी समितिका संयोजक एवं प्रदेश खेलकुद परिषदका सदस्य खगेन्द्र क्षेत्रीले जानकारी दिए ।

 

उनका अनुसार सो प्रतियोगितामा विभिन्न ५ प्रदेशका ८४ जना फाइटरहरुको सहभागिता रहनेछ ।  

 

प्रतियोगितामा कोशी, मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका महिला र पुरुष गरी कुल ८४ जना खेलाडीहरु पोखरा आउने तयारीमा जुटिसकेको संयोजक क्षेत्रीले बताए । 

 

उनका अनुसार प्रतियोगितामा जुनियर÷सिनियर (एमेच्योर÷प्रोफेशनल) तर्फ कुल ४२ फाइट तय गरिएको छ । 

 

प्रतियोगिताको मुख्य आकर्षणको रुपमा रहेको पुरुष प्रोफेशनलतर्फ मुख्य फाइटको विजेताले नगद ५० हजार र उपविजेताले नगद रु २० हजार तथा महिलातर्फको विजेताले नगद रु ३० हजार र उपविजेताले नगद १५ हजार  प्राप्त गर्नेछन् । 

 

त्यस्तै विभिन्न महिला र पुरुषतर्फ ८/८ फाइटका विजेताले नगद रु १५ हजार र उपविजेताले नगद १० हजारका साथमा मेडल तथा प्रमाणपत्र पाउनेछन् भने, पुरुषतर्फ कोमेन इभेन्टका बिजेताले नगद रु २५ र उपबिजेताले १५ हजार प्राप्त गर्ने आयोजक शकयान मुआथाई क्लबले जनाएको छ । 

 

यसैगरी पोखरा भन्दा बाहिरबाट आउने खेलाडीहरुलाई विशेष आकर्षक गिफ्ट ह्याम्परसमेत प्रदान गरिने छ । तीन जना उदीयमान खेलाडीहरुलाई नगदसहित सम्मान गरिने छ । 

 

नेपाल राष्ट्रिय मुवाँथाई संघ र गण्डकी प्रदेश मुवाँथाई संघको स्विकृती एवं प्राविधिक सहयोगमा हुने उक्त प्रतियोगिताको सञ्चालन रेमनदाश श्रेष्ठ र यकिन गुरुङले गर्नेछन् ।

 

प्रतियोगिता बिहान ११ बजेबाट सुरू भई राती ९ बजेसम्म हुने गरी तय भएको छ । प्रतियोगिता सम्पन्न गर्न २५ लाख खर्च हुने आयोजकले जनाएको छ । 
 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्